site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युनाइटेडसँग रोकिँदा लिभरपुलले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडसँग २–२ को बराबरीमा रोकिँदा उपाधि होडमा रहेको लिभरपुलले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

आइतबार राति ओल्ड ट्राफोर्डमा पाहुना टिम लिभरपुललाई डार्विन नुनेजले २३औँ मिनेटमा गोल गर्दै अग्रतामा राखेका थिए । ५०औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काएका थिए । ६७औँ मिनेटमा कोबी माइनोको गोलमा युनाइटेडले २–१ को अग्रता बनायो । तर, खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा मोहम्मद सालाहले गोल गरेपछि लिभरपुल खेलमा फर्किएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बराबरीसँगै लिभरपुल ३१ खेलबाट ७१ अंकसहित दोस्रो स्थानमा छ । लिभरपुल शीर्ष स्थानको आर्सनलभन्दा गोलका आधारमा पछाडि छ । उपाधि होडमा शीर्ष दुई टिमलाई पछ्याइरहेको म्यानचेस्टर सिटीले पनि ३१ खेल खेल्दा ७० अंक जोडेको छ । ३१ खेलबाटै ४९ अंक जोडेको युनाइटेड तालिकाको छैटौँ स्थानमा छ ।

आइतबार नै भएको अर्को खेलमा टोटनहमले नटिङ्घम फरेस्टविरुद्ध ३–१ को जित निकाल्यो । चेल्सी भने सेफिल्ड युनाइटेडसँग २–२ को बराबरीमा रोकियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !