site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको संसद् अवरोधबारे रास्वपा संसदीय दलमा छलफल
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरिरहेको संसद् अवरोधका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा छलफल गरिएको छ । आइतबार सिंहदरबारमा बसेको दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री तथा सो पार्टीका सभापति रवि लामिछानेमाथि प्रश्न उठाउँदै कांग्रेसले संसद् अवरोध गर्दै आएको विषयमा छलफल गरिएको हो ।

पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दलले आन्दोलन गरिरहँदा संसद् पेचिलो बन्दै गएका विषयमा बैठकमा छलफल गरिएको बताए । उनले आफू कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलासँग संवादमा रहेको जानकारी गराए ।

Dabur Nepal
NIC Asia

सभामुख देवराज घिमिरेले सोमबार (भोलि) प्रमुख सचेतक र नेताहरूको बैठक बोलाएको उनले उल्लेख गरे । सोही बैठकबाट मंगलबारको संसद् निर्बाध सञ्चालन हुने अपेक्षा राखिएको उनले बताए ।

उनले संसदीय दलको बैठकमा पार्टी सभापति लामिछानेले आफ्ना भनाइ राखेको र रास्वपाका तर्फबाट सरकारमा गएका मन्त्रीहरूले अहिलेसम्मको कार्यप्रगतिबारेमा जानकारी गराएको उनले बताए ।

सरकारले गरेका कामलाई सम्प्रेषण गर्ने, संसद्‌मा प्रभावकारी रूपमा प्रस्तुत हुनेबारेमा पनि छलफल गरिएको उनले जानकारी गराए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro