site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय सूचना आयोगले आफ्नो दायित्व पूरा गर्नुपर्छ : सभापति थापा

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सूचना आयोगले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन् । उनले आम नागरिकलाई सूचनाको हक प्राप्त गराउनका लागि स्थापना गरिएका संवैधानिक आयोगको रूपमा रहेको सो आयोगले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय सूचना आयोगले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति थापाले सूचनाको हक माग्दा कुनै कार्यालय, संस्था वा नेताहरुले नदिएको गुनासो आम नागरिकले गर्ने गरेको उल्लेख गर्दै त्यसलाई पूरा गर्ने दायित्व सरकार र संसदको रहेको स्पष्ट पारे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राज्यका कमीकमजोरीका कारण संविधानमा मौलिक हकको रुपमा राखिएको धेरै प्रावधानहरू कार्यान्वयनमा आउन सकेको छैन, उनले भने ।

सभापति थापाले आमनागरिकलाई सूचनाको हकमा पहुँच विकास गर्ने काममा सरकार र संसदले पनि जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्