site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गण्डकी र कर्णालीमा पानी पर्ने, कुन–कुन क्षेत्रमा छ हावाहुरीको सम्भावना ? 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा बिहान गण्डकी र कर्णाली प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा र बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

Global Ime bank

गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । 

गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement