site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिममा बहुमतको सरकार बनाउन आह्वान

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ (२) अनुरूपको सरकार गठको आह्वान गरेका हुन् । जसअनुसार दुई वा दुईभन्दा बढी दलको बहुम जुटाएर सरकार बनाउन आह्वान भएको छ ।

संविधानको धारा १६८ (५) अनुरूपको सरकार निर्माणमा जाँदा मध्यावधिको जोखिम हुने कानुनविद्को रायका आधारमा प्रमुख मियाँले उपधारा २ अनुरूपको सरकार गठनका लागि आह्वान गरेका हुन् ।

यसअघि नै नेपाली कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकार संविधानको धारा १६८(३) अनुरूप बनेको थियो । मुख्यमन्त्री शाहले राजीनामा दिएपछि मध्यावधिको जोखिम हुने भन्दै प्रदेश प्रमुख मियाँले काुननी परामर्श थालेका थिए ।

दुई दिनसम्मको कानुनी परामर्शपछि उपधारा ३ को सरकारले विश्वासको मत नपाएको नभई राजीनामा भएकाले उपधारा २ मा फर्कन मिल्ने कानुनविद्हरूको राय रहेको थियो । त्यसकै जगमा प्रदेश प्रमुखले फेरि सुरुवातकै प्रक्रियामा सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेशसभाको नयाँ निर्वाचनपछि सुरुमा सुदूरपश्चिमा नेकपा (एमाले)का राजेन्द्रसिंह रावलको नेतृत्वमा उपधारा २ अनुसारकै सरकार बनेका थियो । त्यो सरकार ढलेपछि कांग्रेसका शाहले उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा सरकार बनाएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro