site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराट गोल्डकप : मच्छिन्द्र क्लब फाइनलमा

मोरङ । मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

सहिद रंगशालामा बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–० गोल अन्तरले पन्छाउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो । सिक्किमविरुद्ध कठिन जित निकाल्दै मच्छिन्द्रले फाइनलमा घरेलु टोली सांग्रिला मोरङ एफएसँगको भिडन्त पक्का गरेको छ । 

उपाधिका लागि भोलि मच्छिन्द्र र सांग्रिलाबीच प्रतिस्पर्धा हुनेछ । सशस्त्र प्रहरी बलको विभागीय टोली एपीएफलाई बुधबार सडनडेथमा पराजित गर्दै सांग्रिला फाइनलमा पुगेको थियो ।

मच्छिन्द्रको जितमा आयुष घलान नायक बने । प्लेयर अफ दी म्याच बनेका उनले खेल प्रारम्भ भएको ९४ औँ मिनेटमा निर्णायक गोल गर्दै टिमको जित निश्चित गरेका हुन् । घलानले ११ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

गोल्डकप विजेता टोलीाई ट्रफीसहित ११ लाख र उपविजेतालाई पाँच  लाख ५० हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro