site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हुलाकी राजमार्ग : १५ वर्षमा ६५ प्रतिशत काम, चार वर्षमा सक्न ४९ अर्ब चाहिने
फाइल तस्बिर ।

काठमाडौं । आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको हुलाकी राजमार्गको काम १५ वर्षको अवधिमा ६५ प्रतिशतमात्रै भएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा हुलाकी राजमार्ग आयोजना निर्देशक अजयकुमार मुलले गरेको प्रस्तुति अनुसार हालसम्म ६५.२२ प्रतिशत भौतिक प्रगति भएको हो ।

हालसम्म ६१ अर्ब ६९ करोड रुपैयाँ खर्च भएको पनि मुलले बताए । उनका अनुसार कुल सडकमध्ये १२४३ किलोमिटर (किमि) सडक कालोपत्र भएको छ ।

Dabur Nepal
NIC Asia

त्यस्तै, १३५ वटा पुल निर्माण सम्पन भएको छ । उनका अनुसार चालु आर्थिक वर्षमा ५० वटा पुलहरू निर्माण र ४२ किमि सडक निर्माणको ठेक्का व्यस्थापनका लागि बहुवर्गीय सहमति तथा स्रोत सुनिश्चितताका लागि काम अगाडि बढाइएको छ ।

हुलाकी राजमार्गलाई प्रमुख व्यापारिक मार्गका रूपमा हेरिएको छ । पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा हेरिएको यो सडकको कुल लम्बाइ १८५७.४२ किमि छ ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको ५३ किमि, कपिलवस्तु–दाङ सिमाना क्षेत्रमा ३० किमि र दाङ–बाँके सिमाना क्षेत्रमा ६३ किमिसहित २३० किमि सडक र ९६ वटा पुल निर्माणको काम सुरु भएको पनि उनले समितिमा जानकारी गराए ।  

उनका अनुसार आगामी चार वर्षमा यो सडक निर्माण सम्पन्न गर्न ४९ अर्ब रुपैयाँ आवश्यक पर्नेछ । चालु आर्थिक वर्ष २०८०/८१ को बाँकी अवधिका लागि ६ अर्ब, आगामी आर्थिक वर्ष २०८१/८२ मा ११ अर्ब, आर्थिक वर्ष २०८२/८३ मा २१ अर्ब र आर्थिक वर्ष २०८३/८४ मा थप ११ अर्ब रुपैयाँ व्यवस्थापन हुन सके हुलाकी राजमार्गको काम सम्पन्न हुने निर्देशक मुलको भनाइ छ ।  

हुलाकी राजमार्गअन्तर्गत सातवटा कार्यालय छन् । जसमा इटहरी कार्यालयले झापा, मोरङ, सुनसरी र सप्तरी हेर्छ । त्यसैगरी जनकपुर कार्यालयले सिराहा, धनुषा, महोतरी र सर्लाही जिल्लामा पर्ने सडक खण्ड हेर्छ ।

वीरगन्ज कार्यालयले रौतहट, बारा, पर्सा र चितवन जिल्लामा पर्ने सडकखण्ड, कपिलवस्तु कार्यालयले पूर्वी/पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तु, नेपालगन्ज कार्यालयले दाङ, बाँके र बर्दिया, धनगढीले कैलाली र कञ्चनपुर जिल्लामा पर्ने सडक खण्ड हेर्छ । त्यसका साथै सडक डिभिजन भरतपुरले चितवन जिल्लाको माडी, भरतपुर खण्ड ४५ किमि हेर्ने जानकारी दिइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  २२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro