site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लुम्बिनी र वाग्मती प्रदेशमा एनसेलको फोरजी सेवामा सुधार
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेलले लुम्बिनी र वाग्मती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवामा सुधार गरेको छ । यो सुधारले यी क्षेत्रका सात जिल्लाका एक दर्जनभन्दा बढी स्थानका ग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको कम्पनीले जनाएको छ । एनसेलले फोरजी सेवा सुदृढ गरेका स्थानमा वाग्मती प्रदेशको चौतारा साँगाचोक गढी, इन्द्रसरोवर, मन्थली र थाहा पर्छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशका भुमेकास्थान, चन्द्रकोट, मालारानी, माथागढी, प्युठान, रम्भा, सन्धिखर्क, तानसेन र तिनाउमा सेवा सुधार गरिएको छ । यसअघि एनसेलले लुम्बिनी प्रदेशको बुटवल, देवदह, घोराही, लुम्बिनी विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा सुधार गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

फोरजी सेवा विस्तार गरी आधुनिक मोबाइल ब्रोडब्यान्डमा सहज पहुँच सुनिश्चित गराउने प्रतिबद्धताअनुरुप एनसेलले गत माघमा मधेस र गण्डकी प्रदेशमा पनि आफ्नो फोरजी सेवामा थप सुधार गरेको थियो । देशका विभिन्न भागमा विस्तारित फोरजी सेवालाई सुधार गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

सेवा विस्तार र नेटवर्क सुधारसँगै एनसेलले ग्राहकले शुलभ दरमा मोबाइल ब्रोडब्यान्डको पहुँचबाट लाभ लिन सक्ने गरी विभिन्न आकर्षक अफरहरू पनि ल्याइरहेको छ । कम्पनीले तीन वटा डबल मजा प्याकहरू सञ्चालनमा छन् । १५० रुपैयाँमा सुरु हुने यो प्याकमा ग्राहकले भ्यालिडिटी समाप्त हुनुअघि फेरि सोही प्याक खरिद गरेमा डबल डेटा बोनस प्राप्तगरी यसको फाइदा लिन सक्छन् । 

Global Ime bank

त्यस्तै, लोकप्रिय इन्डिया रोमिङ प्याकमा २५ प्रतिशत छुटको विशेष अफर पनि छ । यो अफरअन्तर्गत ग्राहकहरूले अझ शुलभ शुल्कमा भारत भ्रमणको बेलामा सजिलै दूरसञ्चार सेवाबाट फाइदा लिन सक्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement