site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपननिर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । बिहीबार बसेको बैठकबाट अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा प्रकाशन गरिएको जनाएको छ ।

वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका निम्ति एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् । प्रदेशसभातर्फ बझाङ १(क)मा हुने उपनिर्वाचनका निम्ति ६१ हजार ७४८ मतदाता कायम भएका छन् । आयोगले उपनिर्वाचनलक्षित गत फागुन २९ देखि चैत ५ गतेसम्म देशभर मतदाता नामावली संकलन गरेको थियो । 

आयोगका अनुसार हाल देशभर एक करोड ८० लाख ८८ हजार ९८३ मतदाता छन् । ८८ लाख ८६ हजार २२६ महिला र ९२ लाख दुई हजार ५६९ पुरुष अन्तिम मतदाता नामावलीमा समावेश भएको आयोगले जनाएको छ । 

विवरणअनुसार सबैभन्दा बढी मतदाता मोरङमा छन् । त्यहाँ सात लाख ३९ हजार ३९० मतदाता छन् । तीन लाख ६२ हजार ९७३ महिला र तीन लाख ७६ हजार ४११ पुरुष मतदाता छन् । सबैभन्दा कम मतदाता मनाङमा छन् । महिला तीन हजार ५३० र पुरुष तीन हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेको आयोगका सहसचिव इवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro