site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसमा पुनः श्रम स्वीकृति खुला गर्न एनआरएनएको आग्रह
फाइल तस्बिर ।

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रुसमा पुन श्रम स्वीकृति खुला गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । रुस–युक्रेन द्वन्द्व, रुसमा नेपाली अवैधानिक रूपमा सेनामा भर्ति भएकोलगायत कारण देखाएर सरकारले बन्द गरेको श्रम स्वीकृति संघकै पहलमा खुला गरिएको थियो । 

तर, सरकारले पुनः चैत २० गतेबाट बन्द गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालमार्फत् एनआरएनएले सरकारको ध्यानाकर्षण गराएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री अर्याललाई भेटेर कुनै पनि कुरामा समस्या आउना साथ प्रतिबन्ध लगाउन नहुनेमा जोड दिएको छ । अध्यक्ष केसीले श्रम स्वीकृति खुला गर्नुपर्नेमा जोड दिए । 

जवाफमा मन्त्री अर्यालले रुसको विषय कुनै मन्त्रालयगत नभइ समग्र राज्य सरोकारको विषय भएको बताए । सरकारले यथोचित रूपमा समाधान गर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro