site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

वाग्मती । कृषि  उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित एकसय एक साना सिँचाइ योजना पूरा भएका छन् । 

वाग्मती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा १९१ वटा योजना पूरा गर्ने लक्ष्य रहेकामा गत फागुनसम्ममा १०१ योजना सम्पन्न भएका जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ती योजनामा १७ करोड ८९ लाख ४७ हजार ६७५ खर्च भएको बताइएको छ । १९१ योजनाका लागि ३८ करोड ९८ हजार रुपैयाँ विनियोजित रकममध्ये सम्पन्न भएका योजनामा १७ करोड ८९ लाख ४७ हजार ६५७ खर्च भएको छ ।
 
सम्पन्न योजनाअन्तर्गत नदी नियन्त्रणतर्फ चारवटा, सिँचाइसम्बन्धी ८० वटा, मझौला सिँचाइ योजना एक, तथा अन्य १५ वटा योजना सम्पन्न भएका छन् । योजनाअन्तर्गत चालु आवको हालसम्म पाँच हजार मिटर कुलो, सातवटा कल्भर्ट, दुई वटा पक्की सिँचाइ मुहान, तीनवटा सिँचाइ पुल निर्माण, १२४ मि जाली निर्माण, तीन हजार १७६ जाली बाँध निर्माण, दुई हजार ३८० मिटर बाँध निर्माण, ६ हजार ४५० मिटर लामो पाइपबाट सिँचाइ कुलो निर्माण भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख निर्मल दाहालले जानकारी दिए । 

पुरानो नहरको संरचना मर्मतबाट पाँच सय हेक्टर जमिन तथा थप नयाँ सिँचाइ योजनाबाट दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको तथा अन्य संरचनाको मर्मत र निर्माण भइरहेको छ । 
 
मकवानपुर जिल्लामा हालसम्म ६२ हजार १७ हेक्टर खेतीयोग्य जमिन भए पनि २० हजार हेक्टरमा मात्र  सिँचाइ सुविधा पुगेको छ । चालु आवको अन्तिमसम्ममा पुराना तथा नयाँ सिँचाइ योजना सम्पन्न भएमा एक हजार ५० हेक्टर थप जमिन सिञ्चित हुने कार्यालयको जनाएको छ । 

Global Ime bank

वाग्मती प्रदेशको जलस्रोत तथा सिँचाइ विकास मन्त्रालयले दुई वर्ष अगाडि प्रदेशका १३ जिल्लामा खेतीयोग्य जमिन तथा त्यहाँ उपलब्ध सिँचाइ सुविधाबारे सर्वे गरेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement