site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वातावरण संरक्षण र जलवायु परिवर्तनका लागि लड्न मन्त्रालयसँग पर्याप्त बजेट छैन : मन्त्री सुडी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले मन्त्रालयसँग बजेट कम भएको बताएका छन् । उनले वातावरण संरक्षण र जलवायु परिवर्तनका लागि लड्न मन्त्रालयसँग पर्याप्त बजेट नभएको स्वीकार गरे । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद निशा डाँगीले सोधेको पूरक प्रश्नको जवाफ दिँदै उनले नेपालमा उद्योग कलाकार धेरै नहुुनु, उत्खनन् कार्य नहुनु र कार्बनडाइअक्साइड ग्यास पनि कम उत्पादन गर्ने देश भएको पनि जिकिर गरे । सांसद डाँगीले जलवायु परिवर्तनका कारण भोग्नुपरेकोे समस्या समाधान गर्न मन्त्रालयले बनाएको योजना के छ भन्ने प्रश्न गरेकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जवाफमा मन्त्री सुडीले जलवायु परिवर्तनले बाढीपहिरो खडेरी अतिवृष्टि अनावृष्टि हुने गरेको र जनधनको क्षति हुने गरेको बताए । यसका लागि जोखिम न्यूनीकरण गर्न तयार गरिएको राष्ट्रिय जलवायु नीति कार्यान्वयनमा रहेको र सन् २०३० सम्मका लागि एनडीसी बनाएर लागु गरिएको बताए । उनले जलवायु अनुकूलनलाई प्राथमिकता दिएर काम भइरहेको बताए । डाँगीले पूरक प्रश्न गर्दै यो सबै काम गर्दा लागत लाग्ने र स्रोत व्यवस्थापन कसरी हुन्छ भन्दै प्रश्न गरेकी थिइन् ।

प्रश्नउत्तर कार्यक्रममा भाग लिएका सांसद प्रेम सुवालले काठमाडौं उपत्यकामा रातभर चल्ने टिपरले बढी वायु प्रदूषण गर्ने भन्दै यसमा मन्त्रालय के गरिरहेको छ भनेर प्रश्न गरेका थिए ।

Global Ime bank

जवाफमा मन्त्री सुडीले सबै किसिमको सवारी साधनले प्रदूषण जाँच गरेर हरियो स्टिकर लिनुपर्ने व्यवस्था अनिवार्य गरिएको बताए । यस्तो स्टिकर मापदण्ड पुगेका सवारीसाधनले मात्र पाउने भज्दै उनले अनिवार्य गरिएको जानकारी दिए । यसको मापनको जिम्मेवारी प्रदेश सरकारअन्तर्गत रहेको उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement