विदेश
काठमाडौं । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई न्यायिक हिरासतमा पठाइएको छ । सोमबार राउज एभेन्यू अदालतले उनलाई कम्तीमा अप्रिल १५ सम्मका न्यायिक हिरासतमा पठाएको हो ।
यसअघि मार्च २८ मा अदालतले अप्रिल १ सम्म हिरासतमा राख्न अनुमति दिएको थियो ।
दिल्लीको मदिरा घोटाला प्रकरणमा मुछिएका केजरीवाल मार्च २१ मा पक्राउ परेका थिए ।
ईडीले आफूहरूलाई केजरीवालले अहसयोग गरिरहेको बताउँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० १६:४४
प्रतिक्रिया दिनुहोस्