देश
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका निम्ति १७ जना प्रतिस्पर्धामा छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले १७ जनालाई सोचपत्र तथा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणका लागि छनौट गरेको छ ।
१८ जनाको आवेदन परेकोमा एकजना योग्यताका कारण बाहिरिएको मन्त्रालयले जनाएको छ । १७ जना उमेदवारको सोचपत्र तथा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण चैत २७ देखि २९ गतेसम्म हुनेछ ।
सोचपत्र तथा कार्ययोजनाको अंकभार ३० रहेको छ । यसपछि अल्पसूची जारी गरी अन्र्तवार्ता हुनेछ । १५ अंकभार रहेको अन्र्तवार्तापछि सिफारिस समितिले तीनजनाको नाम कुलपति अर्थात् प्रधानमन्त्रीसमक्ष पठाउनेछन् ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० १२:३४
प्रतिक्रिया दिनुहोस्