site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निर्माणाधीन आयोजना छिटो सकाउन नयाँ सोचका साथ काम गर्दै छौँ : उपप्रधानमन्त्री महासेठ
तस्बिर : अमरेन्द्रकुमार यादव/रासस ।

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न नयाँ सोचका साथ काम गरिरहेको बताएका छन् । सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निरीक्षणका क्रममा आइतबार उनले यस्तो बताएका हुन् ।

निर्माणाधीन आयोजना पहिलो चरणमा सम्पन्न गर्ने नयाँ प्रकारको सोचसहित सरकार अघि बढेको उनले उल्लेख गरे । उनले पुल, सडकलगायत निर्माणाधीन आयोजना पहिलो चरणमा सम्पन्न गरेपछि मात्र नयाँ योजना अघि सार्ने रणनीतिसहित आफूहरू अघि बढेको बताए ।

उनले आउँदो असार मसान्तभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम पूरा गर्न निर्देशन दिए । असार मसान्तसम्म काम पूरा नभए सडक विभागले कुनै पनि कदम चाल्ने उनले चेतावनी समेत दिए ।

“...गल्ती भएको कुरा सच्याउन भनेका छौँ । असारभित्र सम्पन्न गर्ने गरी अन्तिम निर्देशन गरेका छौँ,” उनले भने, “हुलाकी सडकलाई पनि दिएका छौँ । यदि, असार मसान्तभित्र पूरा भएन भने सडक विभागले कुनै पनि स्टेप चाल्न सक्छ ।”

निरीक्षणका क्रममा हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले राजपत्रमा प्रकाशित नहुँदा र लगत कट्टा हुन नसक्दा समस्या झेल्नुपरिरहेको बताए । उनले सडक सिमाना स्पष्ट नहुँदा पनि कतिपय समस्या आइरहेको सुनाए ।

उनले निर्माण सामग्री समयमा नआइपुग्ने, विद्युत्का पोलहरूको समस्या, स्थानीय तह मातहतबाट निर्माण सामग्री लिनुपर्ने कारणले गर्दा केही ढिला भएको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro