अर्थ व्यवसाय
16138872681680584642.jpg)
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन गत शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस दिन चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी गत शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० ११:२४
प्रतिक्रिया दिनुहोस्