site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी केन्द्रसँग एकता गर्न बहस भइरहेको छ : विप्लव
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्न बहस थालेको छ । पार्टीका महासचिव विप्लवले पार्टीले माओवादी केन्द्रसँग एकताका लागि बहस गरिरहेको जानकारी दिएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा उनले दुई तिहाइ बढी जनताले स्वीकार गरेको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर मुलुकको समाजवादी विकासमा अघि बढ्नुपर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

समाजवादीमा मोर्चाभित्र पनि कम्युनिस्टहरूलाई एकपटक जनतामा फर्काउनुपर्छ भन्नेमा एकमत रहेको उनको भनाइ छ ।

अर्को प्रसंगमा उनले मुलुकको परिवर्तनमा योगदान गरेको जनयुद्धलाई अवमूल्यन गर्ने काम भएको भन्दै सत्य कुरालाई ढाकछोप गरेर जनतालाई भ्रमित गर्ने कामलाई संयमतापूर्वक चुनौती दिनुपर्ने बताए ।

Global Ime bank

जनयुद्धमा सहभागी दलहरू एक भएर अहिलेको अवस्थाबारे समीक्षा गर्ने बेला आएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC