site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मतपेटिका संकलन गर्न मध्यरातसम्म लाग्न सक्ने, मतगणना आइतबार बिहानदेखि

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानपश्चात् मतपेटिका संकलन कार्य थालिएको छ । मतदानस्थलबाट इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतपेटिका ल्याइँदै छ ।

m5-1714221088.jpg
शनिबार बिहान ७ देखि सुरु भएको मतदान बेलुका ५ बजे सकिएको हो । एक लाख १५ हजार ८८९ मतदाता रहेका इलाम–२ मा ६६ हजारजनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

इलाम–२ मा १९ उमेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको थियो । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले बताए ।

m6-1714221121.jpg
मतगणना आइतबार बिहानदेखि सुरु गरिने मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए । उनका अनुसार, सबै मतपेटिका संकलन हुन मध्यरातसम्म लाग्नसक्छ ।

मतपेटिका संकलनपश्चात् सर्वपक्षीय सहमतिपछि मतगणना सुरु गरिने बताइएको छ ।

थप तस्बिर हेर्नोस्–

m7-1714221176.jpg

m8-1714221177.jpg

m3-1714221176.jpg

m4-1714221176.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro