बाह्रखरी फोटो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्धको पाँच खेलको ट्वान्टी–२० शृंखलामा नेपालले विजयी सुरुआत गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले चार विकेटको जित हासिल गरेको हो ।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले शतकीय योगदान गरे । उनले ११२ रन बनाए । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
खेल हेर्न ठूलो संख्यामा क्रिकेट समर्थक कीर्तिपुर पुगेका थिए । यी दुई टिमबीचको दोस्रो खेल भोलि (आइतबार) हुनेछ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१ १७:५०
प्रतिक्रिया दिनुहोस्