site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सकियो मतदान समय, इलाम–२ मा ६६ हजार हाराहारी मत खसेको अनुमान 
Sarbottam CementSarbottam Cement

इलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ । शनिबार बिहान ७ देखि सुरु मतदान बेलुका ५ बजे सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्राम्भिक तथ्यांकानुसार इलाम–२ मा ६६ हजार हाराहारी मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बाह्रखरीलाई बताए । यो भनेको ५७ प्रतिशत मतदान हो ।

Prabhu Bank
Agni Group
NIC Asia

इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन् ।

हृदयाघातका कारण गएको भदौ २६ गते सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य पदका निम्ति उपनिर्वाचन गरिएको हो । ४२ वडा रहेको यो निर्वाचन क्षेत्रमा ७९ मतदानस्थल कायम गरिएको थियो । ती मतदानस्थलमा १४९ मतदान केन्द्रमा मतदान भएको हो ।

Global Ime bank

शान्तिपूर्ण ढंगबाट मतदान सम्पन्न भएको प्रजिअ यादवले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय