site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोबाइलको ‘टेम्पर ग्लास’ले पुर्‍यायो प्रहरीलाई पद्माको हत्यारासम्म, यस्तो छ कारण
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले पाल्पाको रिब्दिकोटकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपीलाई पक्राउ गर्न सफल भएको छ । पद्माको हत्या आरोपमा पाल्पा ख्याहा लप्सीखोलाका १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले बताए । 

रिब्दिकोट गाउँपालिका–१, ख्याहाकी पद्माको मंगलबार धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । घरभन्दा दुई किलोमिटर टाढाको लप्सीखोलामा लुगा धुन गएका बेला उनको हत्या भएको थियो । 

बिहान ९ बजे लुगा धुन घरबाट हिँडेकी पद्माको शव दिउँसो साढे २ बजे मात्रै फेला परेको थियो । पद्माले धोएर ल्याएको लुगा घर नजिकैको गोरेटोबाटोमा छरपस्ट अवस्थामा फेला परेपछि उनलाई स्थानीयले खोजी गरेका थिए । पद्माको शव बाटोभन्दा २० मिटर तल खरबारीमा टाउको, घाँटी र हातमा गम्भीर चोट लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

घटना शंकास्पद देखिएपछि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरेको थियो । घटनाको अनुसन्धानका लागि एसपी चन्दसहितको टोली घटनास्थलमा पुगेका थिए । हत्याको भोलिपल्ट (बुधबार) मात्रै पुगेको तालिमप्राप्त कुकुरले कुनै 'क्ल्यु' फेला पार्न सकेन । हत्यालगत्तै आरोपी देवलालले हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार, हत्या गर्दा लगाएको लुगा पानीले पखालेका थिए । 

कुकुरले समेत पत्ता नलगाएपछि आरोपी पक्रन प्रहरीमाथि स्थानीयको दबाब थप बढ्न थाल्यो । त्यसपछि एसपी चन्दसहित घटनास्थल नजिकका प्रहरी चौकीहरू सर्देवा, हार्थोक, अर्गलीमा कार्यरत प्रहरीको टोली थप अनुसन्धानमा जुटे । सोही टोलीले घटनाको दुई दिनपछि आरोपी देवलाललाई पक्राउ गर्न सफल भयो । हत्याका आरोपी देवलालमाथि थप अनुसन्धान जारी रहेको एसपी चन्दले बताए । “प्रारम्भिक अनुसन्धानका क्रममा आवेगमा आएर हत्या गरेको बयान आरोपीले दिएका छन् । हामी थप अनुसन्धान गर्दैछौँ,” एसपी चन्दले भने ।

Global Ime bank

मोबाइलको टेम्पर ग्लासले खुल्यो हत्यारा
भैरहवाबाट झिकाएको तालिम प्राप्त कुकुरले समेत कुनै क्लु फेला नपारेपछि अनुसन्धान गर्न प्रहरीमाथि नै चुनौती थपिएको थियो । 

घटनाको प्रकृतिले पद्माको हत्या भएको स्पष्ट संकेत गरिसकेको थियो । प्रहरीले घटनास्थल नजिकका आफन्तहरूसँग पद्माको गतिविधिबारे सोधपुछ जारी राख्यो । पद्माले प्रयोग गर्ने मोबाइल समेत घटनास्थलमा फेला परेको थिएन । जसकारण उनको फोनमार्फत प्राविधिक विश्लेषण गर्न प्रहरीलाई सम्भव भएन । दिनदहाडै भएको हत्याका आरोपी पक्रन प्रहरीले छिमेकीको साथ खोजे । प्रहरीले हत्यामा प्रयोग भएका हतियार भेटिनसक्ने भन्दै छिमेकीका घरगोठमा ‘सर्च’ गर्न थाले । 

छिमेकीका घरगोठमा प्रहरीले कुनै धारिलो हतियार फेला पार्न सकेनन् । प्रहरी अनुसन्धानकै क्रममा देवलालको घरमा पुगे । देवलाल घरमा थिएनन् त, उनको भैँसीगोठमा ‘सर्च’ गर्ने क्रममा प्रहरीले मोबाइलको स्क्रिन जोगाउन प्रयोग गरिने ‘टेम्पर ग्लास’ फेला पार्‍यो । 

प्रहरीले उक्त ‘टेम्पर ग्लास’ हत्या गरिएकी पद्माको मोबाइलको हुनसक्ने आशंका गरे । प्रहरीले घरभन्दा केही पर ढुंगा फुटाउन गएका देवलाललाई नियन्त्रणमा लिएर सोधपुछ गर्न थाले । सुरुमा हत्या इन्कार गरेका देवलालले पछि हत्या गरेको स्वीकार गरे । 

प्रहरीसँग बयानमा उनले लुगा धुदा पद्मासँग सामान्य विवाद भएको र आफूलाई गाली गरेपछि आवेगमा आएर हत्या गरेको बताएका छन् । उनले घर फर्किंदै गर्दा पछाडिबाट हसिया प्रहार गरेर हत्या गरेको स्वीकार गरेका हुन् । पद्माको मोबाइल समेत देवलालको कोठाबाट प्रहरीले बरामद गरेको छ । मोबाइलबाहेक प्रहरीले पद्माको हत्या गर्न प्रयोग गरिएको हसिया, धोइ पखाली गरेका लुगा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC