site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राजस्थानको लगातार दोस्रो जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सविरुद्ध १२ रनको जित दर्ता गरेको छ । जारी प्रतियोगितामा राजस्थानको यो लगातार दोस्रो जित हो ।

बिहीबार सवाइ मानसिंह रंगशालामा राजस्थानले प्रस्तुत गरेको १८६ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

दिल्लीका ओपनर डेविड वार्नरले ४९ रन जोडे । त्रिस्टन स्टब्सले ४४, मिचेल मार्सले २३, कप्तान ऋषभ पन्तले २८ रनको योगदान गरे । अक्षर पटेलले १५ रन थपे ।

राजस्थानका नान्दे्र बर्गर र युजभेन्द्र चाहलले समान दुई विकेट लिए । आवेसले एक विकेट हात पारे ।

Global Ime bank

त्यसअघि, टस हारेपछि सुरुआती ब्याटिङमा उत्रिएको राजस्थानले पाँच विकेट गुमाएर १८५ रन बनाएको थियो ।

राजस्थानका निम्ति रियान परागले ४५ बलमा सात चौका र ६ छक्कासहित अविजित सर्वाधिक ८४ रन जोडे । रविचन्द्रन आश्विनले २९, ध्रुव जुरेलले २०, कप्तान सञ्जु सामसनले १५, सिम्रोन हेटमायरले १४ र जस बटलरले ११ रन बनाए ।

दिल्लीका खलिल अहमेद, मुकेश कुमार, एनरिक नोर्ट्जे, अक्षर पटेल र कुलदीप यादवले समान एक विकेट लिए ।

जितसँगै राजस्थान चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । राजस्थानले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई २० रनले हराएको थियो । दिल्लीको भने यो लगातार दोस्रो हार हो । दिल्ली पहिलो खेलमा पञ्जाव किंग्ससँग चार विकेटले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC