site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराटनगरमा रात्रिकालीन टी–१० क्रिकेट च्याम्पियनसिप

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजनामा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर–६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । 

आगामी जेठ १२ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न आठ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । सहभागी टिमको टुंगो भने लागिसकेको छैन ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टिमले दुई लाख, तेस्रो हुने टिमले एक लाख र चौथो हुने टिमले ५० नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

खेल दिवा र रात्रिकालीन समयमा सञ्चालन हुने छ । खेलको प्रत्यक्ष प्रसारणको तयारी समेत गरिएको आयोजकले बताएको छ ।

वडा नम्बर–६ का वडाध्यक्ष हरिश्चन्द्र सहनीले टी–१० च्याम्पियनसिप प्रतियोगिता पहिलोपटक सञ्चालन हुन लागेकाले यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । यस किसिमका प्रतियोगिताले विराटनगरको क्रिकेट क्षेत्र थप फराकिलो बन्दै जाने उनको विश्वास छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro