site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराट गोल्डकप : आरटीएफसीको विजयी सुरुआत 

विराटनगर । विराटनगरमा सुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटीएफसी) विजयी भएको छ । आठौं संस्करणको प्रतियोगिताको पहिलो खेलमा नेपला पुलिस क्लबलाई ३–० गोलले हराएर आरटीएफसी क्वाटरफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबारदेखि रात्रीकालीन प्रतियोगिता सुरु भएको हो । 

थिम्पुले पहिलो क्वाटर फाइनल खेल १७ चैतमा घरेलु टिम संग्रीला मोरङ फुटबल क्लबसँग खेल्नेछ । सहिद रंगशालामा फ्लडलाइटमा प्रतियोगिता गराइएको छ । थिम्पुको जितका लागि किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धर्थ गुरूङले समान एक एक गोल गरेका थिए । 

पहिलो हाफको ३६ औ मिनेटमा केल्जाङ जिग्मेंले गरेको कर्नर प्रहार किन्ले डिबक्स भित्र टच गर्दामा गोलमा परिणत भयो । आरटीएफसीले अग्रता लिएको चार मिनेट बित्न नपाउँदै पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै किन्लेले ४० औं मिनेटमा मध्यभागबाट निकालिदिएको पास किन्जाङले आकर्षक गोल गरे । ६३ औं मिनेटमा सिद्धार्थ गुरुङले मैदानको मध्यभागबाट पुलिसका खेलाडीलाई छक्याउँदै डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भयो । 

पहिलो हाफमा दुई गोलले पछि परेको पुलिस दबाबमा परेको थियो । दोस्रो हाफदेखि केही आक्रमक खेल पस्कियो । पुलिसका खेलाडीले धेरै अवसर सिजर्ना गरे पनि गोल गर्न सकेनन् । तीन पटकको विराट गोल्डकपको च्याम्पियन टिम पहिलो खेलबाट बाहिएको छ । 

खेलको ७ औँ मिनेटमा पुलिसका सञ्जीव लामाको फ्री किक प्रहार बाहिरयो । १७ औं मिनेटमा उज्जल राईले डिबक्स भित्रबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार बारमा लागेर फर्कियो । ३१ आंै मिनेटमा पुलिसका प्रविण थापाले डिबक्स भित्रबाट गरेको कडा प्रहार पनि बाहिरियो । ३७ औं मिनेटमा पुलिसको शिशिर चौधरीले गरेको हेडिङ प्रहार फ्रेममा परेन । 

४० औँ मिनेटमा भुटनाका किन्ले गेतसनको प्रहार पोस्ट माथिबाट गयो । ७० औं मिनेटमा पुलिसको अनुराग लामिछानेको कडा प्रहार बारमाथिबाट जाँदा पुलिसले सान्तवना गोल समेत फर्काउन सकेन ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले नयाँ खेलाडीहरू भएकाले नतिजा आफ्नो पक्षमा आउन नसकेको बताउँदै भने, “राम्रै प्रदर्शन गर्न खोजेका थियौं तर केही कमजोरी भए । दुःखी छैनौँ ।” ए डिभिजन लिगको लागि नयाँ खेलाडीहरू तयारी रहेको उनको भनाइ छ । 

जितपछि भुटानका प्रशिक्षक उगेन दोर्जेलेले खेलाडीले राम्रो प्रर्दशन गरेको बताउँदै भने, “पहिलो हाफमा दुई गोल गरेर हामीले दबाब बनाउन सक्यौँ । दोस्रो हाफमा पनि हाम्रा खेलाडीहरूले राम्रो प्रदर्शन गरे ।” खेलको प्लेयर अफ द म्याच भुटानका किन्जाङ तेन्जिङ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । शुक्रबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र न्युरोड टिम एनआरटी काठमाडौंबीच हुनेछ ।

प्रतियोगिता चैत २४ गतेसम्म संचालन हुनेछ । यसमा विदेशी तीन र स्वदेशी ‘ए’ डिभिजनका १० टिम सहभागी छन् । गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro