site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दोहोरो कर प्रणालीसम्बन्धी नीतिबारे बेलायतको चासो  
Sarbottam CementSarbottam Cement

काठमाडौ । नेपालका लागि बेलायती राजदूत रब फेनले दोहोरो कर प्रणालीसम्बन्धी नीतिबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रस्ट पार्न अर्थमन्त्री वर्षमान पुनसँग आग्रह गरेका छन् । बिहीबार मन्त्री पुनसँगको भेटमा उनले नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको उल्लेख गरे । दोहोरो कर प्रणालीसम्बन्धी नीतिबारे पनि स्पष्ट पार्न आग्रह गरेका हुन् ।

आउँदो वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली सहभागी हुने उनले जानकारी गराए । राजदूत फेनले नेपालले वैदेशिक लगानीमैत्री वातावरण बनाउँदै गएको भन्दै प्रशंसा गरे । “बेलायती लगानीकर्ताको उच्चस्तरीय टोली लगानी सम्मेलनमा आउँदै छ,” उनले भने, “हामी लगानी सम्मेलन सफल पार्न सक्रिय भएर लागेका छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

लगानी सम्मेलन सफल पार्न आफूहरूले काठमाडौंस्थित अरू मुलुकका नियोग प्रमुखहरूसँग पनि छलफल र समन्वय गरिरहेको राजदूत फेनले बताए ।

बेलायतले नेपालमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र समुदायलक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनले स्मरण गरे । आउँदा दिनमा समेत त्यसलाई निरन्तरता दिइने उनले प्रतिबद्धता जनाए । उनले ‘फाइनान्सियल एक्सन टास्क फोर्स’को ‘ग्रे लिस्ट’मा पर्नबाट जोगिन नेपालले गरिरहेको प्रयासको सराहना समेत गरे ।

Global Ime bank

मन्त्री पुनले बेलायतले नेपालमा गर्दै आएको लगानी बढाउने अपेक्षा लिइएको बताए । जवाफमा राजदूत फेनले त्यसका निम्ति सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC