site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमा ऊर्जावान् र सस्तो श्रमबजारले लगानीकर्तालाई फाइदा छ : अध्यक्ष अग्रवाल
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा ऊर्जावान् र सस्तो श्रमबजारले लगानीकर्तालाई फाइदा पुग्ने बताएका छन् । आइतबारदेखि सुरु तेस्रो लगानी सम्मेलनका क्रममा उनले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न अग्रह गरे ।

“नेपालको समृद्धिका लागि लगानी आवश्यक छ,” उनले भने, “नेपालको आर्थिक वृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ । सरकारले पनि हातेमालो गर्नुपर्छ । आईटी र पर्यटनमा अथाह सम्भावना छ ।”

अध्यक्ष अग्रवालले नेपालको लगानी सम्भावनालाई यथार्थमा बदल्न एक्लै सम्भव नभएको बताए । “तपाईंहरू (विदेश लगानीकर्ता)को उपस्थिति नेपालको आर्थिक रूपान्तरणको लागि इन्स्ट्रुमेन्टल लगानी गर्ने, तपाईंको आत्मविश्वास समृद्ध नेपाल निर्माणको कोसेढुंगा हुनेछ,” उनले भने, “परिवर्तनशील विश्व आर्थिक परिवेशमा नेपालजस्तो अर्थतन्त्रमा इन्धन भर्नुपर्ने आवश्यकता छ । पारस्परिक साथ र सहयोगले नेपालीको वृद्धि गति बढाउनेछ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro