site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको खेल तालिका परिवर्तन 
फाइल तस्बिर ।

काठमाडौं । घरेलु टिम नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको ट्वान्टी–२० र एकदिवसीय शृंखलाको खेल तालिका परिवर्तन गरिएको छ ।

नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबार (आज)देखि सुरु हुने तालिका थियो । तर, वर्षाका कारण पहिलो खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ तालिका सार्वजनिक गरेको हो ।

नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ । तालिकाअनुसार, नेपाल र वुल्भ्सले शुक्रबार ट्वान्टी–२० शृंखलाको पहिलो खेल खेल्नेछन् । शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् ।

त्यसपछि आउँदो बुधबारदेखि एकदिवसीय शृंखला सुरु हुनेछ । एकदिवसीय शृंखलाको पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलका निम्ति नेपाल भ्रमणमा रहेको वुल्भ्सले यसअघि नेपाली राष्ट्रिय टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो ।

wefg-1711617453.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro