site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भारतले बिजुली घटाएर दियो, एक वर्षको सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतले नेपाललाई विद्युत् आयात गर्न अनुमति दिएको सम्झौता तीन महिनाका लागि नवीकरण गरेको छ । नेपाल र भारतबीच २०७८ मसिंरमा विद्युत आयात सम्बन्धी पाँच वर्षे सम्झौता भएको थियो ।

पाँच वर्षका लागि भए पनि प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने सम्झौताको म्याद मार्च ३१ मा सकिन्छ । यसअघिका वर्षमा भारतले वार्षिकरूपमा सम्झौता नवीकरण गरे पनि यसपटक तीन महिनाका लागि मात्रै अनुमति दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जुन ३० सम्मका लागि मात्रै भारतले आयात अनुमति दिएको बताए ।

यस्तै नेपालले आयात गर्दै आएको विद्युत् परिणाम समेत भारतले घटाएको छ । यसअघि साढे ६ सय मेगावाट विद्युत् आयात गर्दै आएकोमा यसपटक साढे पाँच सयमा झारेको छ ।

Global Ime bank

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ५०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट बिजुली तीन महिनासम्म आयात गर्न पाउने गरी भारतले अनुमति सम्बन्धी सम्झौता नवीकरण गरेको हो ।

प्राधिकरणका प्रवक्ता घोषले अहिले यो मात्राको विद्युत् पर्याप्त हुने बताए । तीन महिनापछि भारतले फेरि अुनुमति नवीकरण गर्ने विश्वास उनले व्यक्त गरे । उनले ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने जानकारी उनले दिए ।

अहिले नेपालले भारतबाट ६५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC