site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतले अमेरिकी कूटनीतिज्ञलाई बोलाएर दियो यस्तो चेतावनी

काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेपछिको टिप्पणीलाई लिएर भारतले अमेरिकी एक उच्च कूटनीतिज्ञलाई बोलाएको छ । बुधबार अमेरिकाले केजरीवाल पक्राउ परेको विषयमा ‘निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रिया’ सुनिश्चित गर्न चेतावनी दिएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले अरविन्द केजरीवाल पक्राउ परेपछिको घटनाक्रमलाई ‘नजिकबाट हेरिरहेको’ भनेको छ । भारतको विदेश मन्त्रालयले अमेरिकी टिप्पणीमा विरोध जनाएको छ ।

“हामी टिप्पणीको कडा आलोचना गर्दछौँ,” भारतको विदेश मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ, “कूटनीतिमा राज्यहरूले अरूको सार्वभौमसत्ता र आन्तरिक मामिलाको सम्मान गर्ने अपेक्षा गरिन्छ । अन्यथा अस्वस्थ स्थिति सिर्जना हुनेछ ।” 

भारतले यस मामिलामा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ ग्लोरिया बर्बेनालाई बोलाएको बताइएको छ ।

अमेरिकाअघि जर्मनीको विदेश मन्त्रालयले केजरीवालको सन्दर्भमा निष्पक्ष छानबिन हुनुपर्ने टिप्पणी गरेको थियो ।

भारतले त्यसपछि जर्मन राजदूतलाई समेत बोलाएर ‘आन्तरिक मामिलामा हस्तक्षेप’ भएको भनेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro