site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल–कोरिया क्रसबोर्डर भुक्तानी सम्झौता : फोन पे र जीएलएनको क्यूआरबाट कारोबार गर्न मिल्ने

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पे र जीएलएन इन्टरनेसनल कोरियाबीच क्रस–बोर्डर क्यूआर भुक्तानी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जीएलएन इन्टरनेसनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी हो ।

दुई कम्पनीबीच भएको एमओयू सम्झौता अनुसार क्रस–बोर्डर भुक्तानी सेवा प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गरिने भएको छ ।

Dabur Nepal
NIC Asia

फोनपे  र जीएलएनको सहकार्यसँगै कोरियाबाट नेपाल आउने पर्यटकले नेपालमा क्यूआरमार्फत  भुक्तानी गर्न सक्नेछन् ।

कोरियाबाट नेपाल आउने जीएलएन प्रयोगकर्ताले हाना वानक्यू, केबी वालेट, आईएमबैंक, टस, हाना मनी र जीएलएन लगायत बैंकिङ एपमार्फत फोन पेको क्यूआरमा भुक्तानी गर्न सक्नेछन् ।

जीएलएनका सीईओ क्युङहो किमले यो सहकार्यले आफू उत्साहित रहेको बताए । "विश्वभर क्रस–बोर्डर भुक्तानी सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप जीएलएन र फोन पेसँग यो सहयोगी यात्रामा म उत्साहित छु," जीएलएनका सीईओ क्युङहो किमले भने।

फोन पेका सीईओ दिवस कुमारले यो कदमले वित्तीय समावेशिता बढाउन र नेपाललाई सफल डिजिटल अर्थतन्त्र बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

"जीएलएनसँग सहकार्य गरेर हाम्रो सेवालाई कोरियाली पर्यटकहरूमा विस्तार गर्न उत्साहित छौँ," फोन पेका सीईओ दिवस कुमारले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २१:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro