site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
श्रममन्त्री अर्यालले भने– रूस जान श्रम स्वीकृतिको व्यवस्था गरिएको छैन
फाइल तस्बिर ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि व्यक्तिलाई रूस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पारेका छन् ।

बुधबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले रूस जान श्रम स्वीकृतिको व्यवस्था नगरिएको बताएका हुन् । उनले रूस जान व्यक्तिगत श्रम स्वीकृतिको व्यवस्था बन्द नै रहेको र खुला नगरिएको स्पष्ट पारे । 

Argakhachi Cement Island Ad

वैदेशिक रोजगार व्यवसायीले रूसको सुरक्षित स्थानका लागि ल्याएको डिमान्डलाई स्वीकृति दिने निर्णय अघिल्लो मन्त्रीको पालामा भएको निर्णय भएकाले आफ्नो कार्यकालमा नै निर्णय भएको भन्ने कुरा गलत भएको उनले बताए । अघिल्लो मन्त्रीको पालामा भएका निर्णयलाई पुर्नविचार गर्नेे उल्लेख गरे । 

त्यस्तै, उनले रूसमा रहेका नेपाली नागरिकको उद्दारका लागि सरकार गम्भीर रहेको धारणा राखे ।  

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्