site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पन्तको प्रश्न– दुर्गा प्रसाईंलाई जस्तो हतियार कतिलाई दिइएको छ, रेकर्ड छ ?

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार भेटिनु कत्तिको स्वभाविक हो भन्दै प्रश्न गरेका छन् । 

बुधबारको राज्यव्यवस्था तथा सुशासन समितिमा पन्तले अदालत परिसरमा व्यवसायी दुर्गा प्रसाईंको सुरक्षा गार्डबाट हतियार भेटिएको विषय उठाउँदै उपत्यकाको समग्र सुरक्षा संरचनाको बारेमा प्रश्न उठेको बताए ।

Dabur Nepal
NIC Asia

"समग्र उपत्यकाको सुरक्षा संरचना र अवस्था कस्तो छ । अदालतमा दुर्गा प्रसाईंबाट अत्याधुनिक हतियार भेटियो, यो कतिको स्वभाविक हो ? गलत मान्छेले बोक्दा के हुन्छ, यो नीतिको समीक्षा हुनुपर्छ," उनले भने । 

उनले यस्ता हतियार कति दिइएको हो त्यसको तथ्यांक माग गरेका छन् । “दुर्गा प्रसाईंलाई दिएको जस्तो हतियार कतिलाई दिइएको छ, रेकर्ड छ ? फिर्ता लिनुपर्छ कि पर्दैन ?,” उनले भने ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro