site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पानीजहाज ठोक्किएपछि अमेरिकामा साढे दुई किलोमिटर लामो पुल भत्कियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा पर्ने फ्रान्सिस स्कट की ब्रिज भत्किएको छ । कन्टेनर बोकेको पानीजहाज ठोक्किएपछि मंगलबार बिहान २.५७ किलोमिटर लामो पुल भत्किएको हो ।

युट्युबमा पोष्ट गरिएको लाइभ भिडियोमा एक जहाज पुलमा ठोक्किएको देखाइएको छ । जहाज ठोक्किएपछि पुलको हिस्सा पटापस्को नदीमा खस्न थालेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बाल्टिमोर सहरको फायर डिपार्टमेन्टले पुल भत्किएर ठूलो क्षति भएको र नदीमा खसेका कम्तीमा २० जनाको खोजी भइरहेको जनाएको छ ।

डिपार्टमेन्टले मंगलबार बिहान १ बजेर ३० मिनेटमा खबर पाएको बताएको छ । घटनामा हताहत भएको आशंका गरिएको छ । घटनास्थलमा अहिले विभिन्न एजेन्सीहरूले उद्धार एवं राहतको काम गरिरहेका छन् ।

Global Ime bank

सिंगापुरको झन्डासहितको कन्टेनर जहाज दुर्घटना भएको ठाउँमा देखिएको बताइएको छ । दी डाली नामक उक्त जहाज सिनर्जी मरिन ग्रुप अन्तर्गतको ग्रेस ओसन पीटीई लिमिटेडका नाममा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC