site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्ड वुल्भ्सलाई नेपालले दियो १९९ रनको लक्ष्य

काठमाडौं । ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्ससामु १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रन बनायो ।

नेपालका गुल्सनकुमार झाले ४६ रनको योगदान गरे । ५६–३ को कठिन अवस्थामा ब्याटिङका निम्ति आएका गुल्सनले कप्तान रोहितकुमार पौडेलसँग चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । रोहितले २४ बलमा पाँच चौकासहित ३३ रन थपे ।

आक्रामक रूपमा प्रस्तुत भएका कुशल मल्लले ३४ रन बनाए । उनले १३ बलमा चार छक्का र एक चौका प्रहार गरे । ओपनर कुशल भुर्तेलले १६ बलमा समान दुई चौका र छक्कासहित २५ रन जोडे ।

सन्दीप जोराले १० बलमा तीन चौका र एक छक्कासहित २१, अनिल साहले १२ र आसिफ शेखले ११ रन थपे ।

आयरल्यान्ड वुल्भ्सका म्याथ्यु फोस्टरले तीन विकेट लिए । बेन ह्वाइटले दुई, फियोन ह्यान्ड र गाभिन हाइले एक/एक विकेट हात पारे ।

शृंखलाको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।

नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । सुरुका दुई ट्वान्टी–२० रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्नेछ । बाँकी खेल विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ले खेल्नेछ ।

आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro