site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआईआईबीलाई आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार र विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)लाई आग्रह गरेको छ ।

एआईआईबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पूर्वाधार सुधार र विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गरेका हुन् । उनले पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी देशहरूसँगको विद्युत् व्यापार विस्तारका निम्ति उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न ठूलो लगानी आवश्यक रहेको बताए ।

Dabur Nepal
NIC Asia

“ऊर्जा मन्त्रालयले अगाडि बढाएको सन् २०३५ सम्मको ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरूका लागि झन्डै ६० अर्ब अमेरिकी डलर (निजी क्षेत्रलाई सहित) लगानी चाहिन्छ,” उनले भने, “यसका लागि एआईआईबीजस्ता बहुपक्षीय निकायहरूबाट सस्तो ब्याजदरमा सहुलितपूर्ण ऋण आवश्यक छ ।”

ऊर्जा क्षेत्रका निम्ति आवश्यक पर्ने लगानी गर्न बैंक इच्छुक रहेको प्रतिनिधिमण्डले जनाएको थियो । एआईआईबीले हाल विद्युत् वितरण प्रणाली सुधार र विस्तार परियोजना कार्यान्वयनका निम्ति नेपाललाई ११ करोड २३ लाख डलर सहुलितपूर्ण ऋण उपलब्ध गराएको छ ।

एआईआईबीले कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा चार करोड डलर ऋण प्रवाह गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro