site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्ड वुल्भ्सले नेपाललाई दियो १२२ रनको लक्ष्य 

काठमाडौं । ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा आयरल्यान्ड वुल्भ्सले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड वुल्भ्सले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १२१ रनको योगफल खडा गर्‍यो ।

आयरल्यान्ड वुल्भ्सका स्टेफन डोहेनीले ४६ रन बनाए । उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । लियम म्याकार्थीले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाए । थोमस मायेसले १६ र फियोन ह्यान्डले ११ रन थप्दा आयरल्यान्ड वुल्भ्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नेपालका ललितनारायण राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले समान दुई विकेट लिए । करण केसी र कुशल मल्लले एक–एक विकेट लिए ।

नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।

आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro