site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिखर वार्ताका निम्ति किमलाई जापानी प्रधानमन्त्रीको आग्रह
तस्बिर : रोयटर्स ।
Tiktok banner adTiktok banner ad

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका निम्ति आग्रह गरेको उत्तर कोरियाले जनाएको छ । उत्तर कोरियाली नेता किमकी बहिनीले जापानी प्रधानमन्त्री किशिदाले आफ्ना दाइसँग शिखर वार्ता गर्न अनुरोध गरेको सोमबार पुष्टि गरेकी हुन् ।

लामो समयदेखि चलिरहेको अपहरण विवाद र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमसहित दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण छ । तर, किशिदाले हालै सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गरेका छन् । प्योङयाङले जापानी प्रधानमन्त्री किशिदाको आग्रहबारे कुनै औपचारिक प्रतिक्रिया दिइनसकेको जनाइएको छ ।

गत वर्ष किशिदाले उत्तर कोरियाली समूहले सन् १९७० र १९८० को दशकमा जापानी नागरिकको अपहरण गरेको घटनालगायत सबै समस्या समाधान गर्न टोकियो इच्छुक रहेको भन्दै आफू बिनासर्त किमसँग भेट्न तयार रहेको बताएका थिए ।

उत्तर कोरियाली समाचार संस्था (केसीएनए)ले उत्तर कोरियाली नेता किम यो जोङले जारी गरेको विज्ञप्तिलाई उद्धृत गरी लेखेको छ, “प्रधानमन्त्री किशिदाले उत्तर कोरियाली नेता किमसँग जतिसक्दो चाँडो व्यक्तिगत रूपमा भेट्ने आफ्नो इच्छा व्यक्त गर्नुभएको छ ।”

उत्तर कोरियाली नेता किम यो जोङले जापानी नेतालाई उत्तर कोरिया भ्रमणका निम्ति प्योङयाङले निमन्त्रणा दिन सक्ने गएको महिना संकेत गरेकी थिइन् ।

उनले भनिन्, “टोकियोको तर्फबाट ठोस नीतिगत परिवर्तनबिना, गलत बुझाइ र अविश्वासले भरिएको द्विपक्षीय सम्बन्ध सुधार गर्न असम्भव रहेको उत्तर कोरिया–जापान सम्बन्धको इतिहासले पाठ सिकाएको छ ।”

उनले जापान अपहरणको मुद्दामा तल्लीन रहे किशिदाको सम्बन्ध सुधार्ने आशा पूरा नहुने बताइन् । किशिदाले केसीएनएको प्रतिवेदनबारे आफूलाई कुनै जानकारी नभएको र त्यसको विषयवस्तुबारे प्रत्यक्ष टिप्पणी नगर्ने सोमबार बताएका थिए । उनले उत्तर कोरियासँगको उच्चस्तरीय वार्तालाई ‘महत्त्वपूर्ण’ भनेका थिए ।

सन् १९७० र १९८० को दशकमा भएका अपहरणका घटनातर्फ संकेत गर्दै किशिदाले संसद्‌मा भने, “जापान–उत्तर कोरिया सम्बन्धका लागि अपहरणको मुद्दाजस्ता समस्या समाधानका लागि उच्चस्तरीय वार्ता महत्त्वपूर्ण छ । यही कारण हामीले उत्तर कोरियासँग प्रत्यक्ष रूपमा पदीय हैसियतअनुसार विभिन्न दृष्टिकोणहरू बनाइरहेका छौँ र यसबारे मैले विगतमा विषयहरूलाई राखिसकेको छु ।”

उत्तर कोरियाले सन् १९७० र ८० को दशकमा १३ जापानी नागरिकको अपहरण गर्न समूह पठाएको प्योङयाङले सन् २००२ मा स्वीकार गरेको थियो । जापानमा अपहरणका ती घटनालाई शक्तिशाली र भावनात्मक मुद्दाका रूपमा हेरिन्छ ।

आधिकारिक रूपमा पहिचानभन्दा धेरै अपहरण गरिएको हो कि भन्ने शंका कायमै छ । विश्लेषकले लामो समयदेखि यस विषयमा विवादले किशिदा र किम जोङ उनबीचको शिखर वार्ताको प्रगतिमा बाधा पुग्न सक्ने बताउँदै आएका छन् ।

सियोलस्थित कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ विश्लेषक होङ मिनले एएफपीसँग भने, “उत्तर कोरियाको यो भनाइ प्योङयाङले दुई देशका नेताबीच भविष्यमा हुने कुनै पनि शिखर सम्मेलनका लागि वार्ता गर्ने प्रयास गरेको जस्तो देखिन्छ ।”

उनले थपे, “यो प्योङयाङको वार्ता गर्नका लागि शिखर सम्मेलन पूर्वसर्तहरू निर्धारण गर्न जापान कत्तिको गम्भीर छ भनेर परीक्षण गर्ने तरिका हो ।”

जापानका पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीले सन् २००२ मा प्योङयाङको ऐतिहासिक भ्रमण गरी किमका पिता किम जोङ इलसँग भेट गरेका थिए । यसले पाँच जापानी नागरिकको फिर्ती र कोइजुमीको अनुवर्ती भ्रमणको नेतृत्व गरेको थियो । तर, अपहरणपीडितका बारेमा स्पष्ट विषय नआउने टोकियोको चिन्ताका कारण कूटनीति चाँडै बिग्रिएको थियो ।

नेता किमकी बहिनी (जोङ)ले भनिन्, “किशिदाले चाहेको र निर्णय गरेको अवस्थामा हाम्रो राज्य नेतृत्वलाई भेट्न असम्भव छ भनेर सोच्नु पर्दैन ।”

“यदि, जापान वास्तवमै द्विपक्षीय सम्बन्ध सुधार गर्न चाहन्छ र उत्तर कोरियाको नजिकको छिमेकीको रूपमा क्षेत्रीय शान्ति र स्थिरता सुनिश्चित गर्न योगदान गर्न चाहन्छ भने उसले आफ्नो समग्र हितअनुरूप रणनीतिक विकल्पका लागि राजनीतिक निर्णय लिन आवश्यक छ,” उनले भनिन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro