site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किमाथांका–खाँदबारी सडक बनाउन बजेटको अभाव छैन : उपप्रधानमन्त्री महासेठ
फाइल तस्बिर ।

संखुवासभा । उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले आउँदो आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथांकामा सडक पुग्ने बताएका छन् ।

संखुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवको आइतबार समापन समारोहमा सहभागी हुँदै उनले उक्त आयोजनाका निम्ति बजेट अभाव नभएको उल्लेख गरे ।

कार्यक्रममा रक्षामन्त्री हरि उप्रेतीले किमाथांका नाका चाँडै खोल्ने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री महासेठ र मन्त्री उप्रेतीले किमाथांका नाका र राजमार्गको अवलोकन समेत गरे । मन्त्रीद्वयसमक्ष भोटखोलाका अध्यक्ष वाङ छेदर लामाले गाउँपालिकाको विकासका निम्ति मागपत्र पेस गरेका थिए ।

राष्ट्रिय गौरवको किमाथांका–खाँदबारी सडकखण्डको १४ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्न नेपाली सेनालाई जिम्मा दिइएको थियो । भौगोलिक हिसाबले किमाथांका–खाँदबारी सडकको ट्रयाक खोल्न सकस भएको हो ।

खाँदबारी–किमाथांका १६२ किलोमिटरखण्डमा आव २०६५/६६ मा ट्रयाक खोल्न सुरु गरिएको थियो । भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको थप १४ किलोमिटर सडक ट्रयाक खोल्ने काम सेनाले गरिरहेको छ । सो सडक निर्माण सम्पन्न भए कोसी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro