site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युनिलिभरको कारखानामा ९० प्रतिशत स्वच्छ ऊर्जा, ‘नेट जिरो’तर्फ काम गरिँदै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । हेटौँडामा रहेको युनिलिभर नेपालको कारखानाले हालै युनिलिभर दक्षिण एसियामा पहिलो प्रकारको विद्युतीय बोयलर सञ्चालनमा ल्याएको छ । यो विद्युतीय हिटर स्टिम उत्पादन गर्ने प्रविधि हो ।

यसले जीवाष्म इन्धनको प्रयोग अन्त्य गर्दै स्वच्छ ऊर्जातर्फ युनिलिभरले कदम चालेको संकेत गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

युनिलिभरले आफ्नो कारखानामा हाल ९० प्रतिशत स्वच्छ ऊर्जा प्रयोग हुने गरेको बताएको छ । जसमध्ये २० प्रतिशत सौर्य र बाँकी ७० प्रतिशत जलविद्युत्‌को बिजुली रहेको छ ।

पछिल्लो एक वर्षमा युनिलिभर नेपालको कारखानाले ६ करोड रुपैयाँको लगानीमा कार्बनडाइक्साइड उत्सर्जन कम गर्न धेरै नयाँ प्रविधि स्थापना गरेको बताएको छ ।

Royal Enfield Island Ad

कम्पनीले यसलाई ‘नेट जिरो’तर्फको कदम भनेको छ । निकट भविष्यमा डिजेल जेनेरेटर चलाउन बायोडिजेल प्रयोग गर्दै साइटलाई एक सय प्रतिशत हरित ऊर्जासहित सञ्चाल गर्ने कम्पनीको लक्ष्य छ ।

कम्पनीका प्रबन्ध निर्देशक तथा सीईओ अमलन मुखर्जीले युनिलिभरको सञ्चालनलाई नेट जिरोतर्फ लैजान प्रतिबद्ध रहेको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro