site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो खेल वर्षाले प्रभावित हुन सक्ने

काठमाडौं । नेपाली क्रिकेट टिम र आयरल्यान्ड वुल्भ्स ‘ए’बीचको पहिलो ट्वान्टी–२० खेल वर्षाले प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

नेपालले सोमबार (भोलि) आयरल्यान्ड वुल्भ्ससँग पाँच खेलको ट्वान्टी–२० शृंखलाअन्तर्गत पहिलो खेल खेल्ने तालिका छ । खेल दिउँसो १ बजेदेखि सुरु हुने तय छ । तर, सोमबार दिउँसो वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने अनुमान गरिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले काठमाडौंमा भोलि दिउँसो १२–१ बजेपछि वर्षाको सम्भावना रहेको बताए । “काठमाडौंमा पनि वर्षाको सम्भावना छ । दिउँसो १२–१ बजेपछि वर्षा हुने देखिन्छ । तर, निरन्तर पर्ने हुँदैन । पानी पर्ने, रोकिने हुन्छ,” उनले बाह्रखरीसँग भने ।

मंगलबार (पर्सि) बिहान पनि काठमाडौंमा वर्षाको सम्भावना रहेको उनले बताए । तर, सोमबारको तुलनामा मंगलबार वर्षाको सम्भावना कम देखिएको उनले जानकारी दिए । मंगलबार दिउँसो बदली (आकाशमा बादल) भए पनि वर्षाको सम्भावना केही कम रहेको उनको भनाइ छ । आज पनि काठमाडौंमा वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

आयरल्यान्ड वुल्भ्ससँगको सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । ट्वान्टी–२० शृंखलाको सुरुका दुई खेल भने रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली सिनियर टिमले खेल्नेछ । त्यसपछिका तीन ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखला नेपालले विनोद भण्डारीको कप्तानीमा खेल्नेछ ।

आयरल्यान्ड वुल्भ्ससँग नेपालले सोमबार पहिलो खेलपछि चैत १३ गते दोेस्रो, १५ गते तेस्रो, १६ गते चौथो र चैत १८ गते पाँचौँ म्याच खेलिनेछ ।

यस्तै, तीन एकदिवसीय खेल चैत २१, २३ र २५ गते खेलिनेछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro