site stats
बाह्रखरी :: Baahrakhari
देश
मस्कोमा मारिएका नागरिकको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार सांगीतिक कार्यक्रममा आतंकवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । “नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतंकवादको निन्दा गर्दछ, आतंकवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,” विज्ञप्तिमा उल्लेख छ ।

Argakhachi Cement Island Ad

रुसको एक कन्सर्ट हलमा आक्रमण, ६० जनाको मृत्यु

नेपाल सरकारले मस्कोमा हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । रासस

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्