site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मतीसहित चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, सोमबारसम्म पानी पर्ने सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण केही दिनयता नेपालमा वर्षा हुँदै आएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी, वाग्मती, र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । 

कोसी प्रदेशका केही स्थान, मधेस, वाग्मती र गण्डकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ । 

कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

“काठमाडौं उपत्यकामा आज दिउँसो २/३ बजेसम्म वर्षा हुने र रोकिनेक्रम चलिरहनेछ,” मौसमविद् गोविन्द झा भन्छन्, “त्यसपछि भने काठमाडौंमा आज दिउँसो वर्षा हुने छैन ।” यद्यपि, लगातार वर्षा भने नहुने उनको भनाइ छ ।  

विभागका अनुसार राति देशभर आंशिक बदली रहनेछ । कोसी  प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सोमबारसम्म वर्षा देशका विभन्न भू–भागमा वर्षा हुने मौसमविद् झाले बताए । “कम्तीमा सोमबारसम्म देशका विभिन्न भू–भागमा वर्षा हुनेछ । देभभर वर्षा नभए पनि विभिन्न प्रदेशका विभिन्न ठाउँमा पानी पर्नेछ,” उनले भने, “त्यसपछिको मौसमी प्रणाली हामी अध्ययन गरिरहेका छौँ ।” 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro