site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडियो श्रृंखला र पुस्तक सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुमारी बैंकले वित्तीय साक्षरता भिडियो श्रृंखला र पुस्तक सार्वजनिक गरेको छ । प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले आफ्नो वित्तीय साक्षरता भिडियो श्रृंखला र पुस्तक सार्वजनिक गरेको हो ।

बैंकिङ सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवद्र्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडियो श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको छ । बैंकले भिडियो श्रृंखला र पुस्तकमार्फत बैंकिङ सेवाको प्रयोग, व्यवसाय सुरु र सञ्चालन गर्ने प्रकृया, बैंकिङ सुरक्षा जस्ता धेरै विषयवस्तुमा केन्द्रित गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त भिडियो श्रृंखला र पुस्तक सहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रमा आधारित साना तथा मझौला व्यवसायहरुलाई पनि ठुलो टेवा पुग्ने तथा यसबाट व्यवसायीहरुले लाभ उठाउन सक्ने बैंकले जनाएको छ । भिडियो श्रृंखलामा दीपाश्री निरौला, दमन रुपाखेती, शिव शंकर रिजाल लगायतका कलाकारको अभिनय रहेको छ ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले वित्तीय साक्षरता र उद्यमशीलतालाई बढावा दिन कुमारी बैंकले सो कदम चलेको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  २२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement