site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हिरासत छल्ल अस्पतालमा बस्ने प्रवृत्ति रोक्न गृहमन्त्रीको चासो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन् ।

काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री लामिछानेले स्वस्थ्य व्यक्ति समेत हिरासत छल्ल अस्पतालमा बस्ने प्रवृत्ति रोक्न काउन्सिलबाट सुझाव मागेका थिए । छलफलमा गृहमन्त्री लामिछानेले विदेशका व्यवस्थासहित नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन बेथिति न्यूनीकरणका उपायसहितको प्रतिवेदन दिन आग्रह गरे । यसबारे मन्त्रालयले सोमबार काउन्सिललाई पत्राचार गर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

छलफलमा सहभागी काउन्सिलका सदस्य डा. कुञ्जाङ शेर्पाले यो प्रवृत्तिबारे गृह मन्त्रालयले पहिलोपटक चासो राखेको बताए । छलफलमा डा. शेर्पासहित काउन्सिलका सदस्यहरू डा. रुपक घिमिरे, डा. प्रणयरत्न शाक्य र डा. कालुसिंह खत्री सहभागी थिए ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय