site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
होलीमा रङ कसरी खेल्ने, कति समय खेल्ने ?
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । रङहरूको पर्व होलीको महत्वबारे फरक–फरक ब्याख्या गरेको पाइन्छ । पछिल्ला वर्षमा होलीमा चलनचल्तीका रङमात्र नभइ छालामा विभिन्न मिश्रणयुक्त सामग्रीहरू पनि लगाउने गरेको देखिन्छ । 

होली पर्वको किम्बदन्ती र यसलाई मनाउने तरिका फरक भए पनि यसमा प्रयोग हुने रङहरू मित्रता, सद्भाव र उल्लाससँग जोडिएका छन् । होलीमा प्रयोग गर्ने रङको शारीरिक र मानसिक स्वास्थ्यसँग कसरी जोडिएको छ ?
 
प्रकृति विज्ञान भन्छ– होलीमा प्रयोग हुने रङहरूले सूर्यका सात रङहरूलाई प्रतिनिधित्व गर्छन् । रातो रङले व्यक्तिमा शाहसिक र शुद्धताका निम्ति उर्जा प्रदान गर्छ । हरियो रङले प्रकृतिप्रतिको सम्मान झल्काउँछ । पहेँलोले आत्मियताका निम्ति उर्जा, निलोले धैर्यता र शान्तिका निम्ति उर्जा दिन्छ । तर, रङहरूको प्रभाव कति सफा र प्राकृतिक रूपमा गर्ने भन्नेमा निर्भर रहन्छ । 

वरिष्ठ छालारोग विशेषज्ञ डा. सविना भट्टराई भन्छिन् “होलीमा रङ खेल्दा प्राकृतिक स्रोतबाट बनेका रङहरूको प्रयोग गर्नुपर्छ । यसरी बनेका रङहरू केही महंगो पर्छ । तर छालालाई असर गर्दैन ।”

KFC Island Ad
NIC Asia

अध्यात्म विज्ञानले रङको प्रयोगलाई मानसिक स्वास्थ्यसँग जोडेर व्याख्या गरेको छ । अमेरिकाको ‘स्प्रिचुअल साइन्स रिसर्च फाउन्डेसन’ नामक संस्थाले गरेको एक अध्ययनको रिपोर्टमा रङको प्रयोग र यसले व्यक्तिमा पार्ने प्रभावबारे उल्लेख छ । 

जसअनुसार गुलाबी, निलो, आकासे, पहेँलो रङलाई मानसिक स्वास्थ्यका हिसाबले फाइदाजनक भनिएको छ । यी रङले व्यक्तिमा सकारात्मक उर्जा र सहयोगी भाव उत्पन्न गर्ने रिपोर्टमा उल्लेख छ । 

सुन्तले, हल्का हरियो रङले पनि व्यक्तिमा सहयोगी भाव उत्पन्न गराउँछ । रातो रङलाई रज वर्गमा राखिएको छ ।  यसले जस्तोसुकै गुण भएको व्यक्तिलाई पनि उत्तेजित गराउनसक्ने उर्जा प्रदान गर्छ । यसलाई उल्लास र वीरताको प्रतीक पनि मानिन्छ ।
 
कालो रङलाई अध्यात्मले नकारात्मक उर्जाको स्रोतको रूपमा मान्छ । यसको प्रयोगले व्यक्तिमा अन्य बाहिरी उर्जा समेत प्रवेश गर्न नदिने र धेरै नकारात्मक भावहरू सोस्नसक्ने भएकाले यसको प्रयोग हानिकारक भनिएको छ । 

विभिन्न विज्ञानले फरक–फरक व्याख्या गरे पनि रङको प्रयोग कसरी र कति गर्ने भन्नेले स्वास्थ्यमा महत्वपूर्ण अर्थ राख्छ । विशेषगरी छाला स्वास्थ्यमा रङहरूको गलत प्रयोगले जटिलता निम्त्याउने चिकित्सकहरू बताउँछन् ।  

होलीमा सप्तरङीसँगै चमकयुक्त रङको प्रयोग र फेस पेन्टको प्रचलन पनि बढ्दो छ । स्वस्थ छाला भएका व्यक्ति हुन् वा छालाको समस्या भएका बिरामीहरूका लागि रङको अधिक प्रयोग हानिकारक हुन्छ । रङहरूको जथाभावी प्रयोगले छालामात्रै नभइ आँखा तथा भित्री अंगहरूमा पनि गम्भीर असर पुर्याउनसक्ने विशेषज्ञहरू बताउँछन् ।

होलीमा रङहरूको प्रयोग कसरी प्रयोग गर्ने ? 
छालारोग विशेषज्ञ डा. विकास पौडेल भन्छन्– रङसँग एलर्जी भएका कसैले पनि रङको सम्पर्कमा आउनु हुँदैन । ओइली छाला भएका, डन्डिफोर वा यस्तैखाले समस्याको उपचार गराइरहेका व्यक्तिका लागि थप एलर्जी भएर छालाको धेरै भागमा फैलिँदै जानसक्छ । त्यसैले यस्ता व्यक्तिले रङसँग होली नखेलेकै राम्रो हुन्छ । कपर सल्फेक्ट, मर्करीजस्ता रसायन प्रयोग भएका रङहरूले छालालाई भित्रैसम्म एलर्जी गराउन सक्छन् । त्यसैले निलो, हरियो, कालो, खैरो रङहरू छालाको लागि हानिकारक हुन्छन् ।

यस्ता रङले छालामात्र नभइ मिर्गौलामा पनि असर पुर्याउने उनको भनाइ छ । क्यान्सरसम्म पनि गराउन सक्ने उनी बताउँछन् । छाला सुख्खा हुने र एलर्जी हुने पनि हुन सक्छ । 

आँखा र कपाल जोगाएर खेलौँ होली 

जुनसुकै रङ भए पनि आँखामा परेमा हानिकारक हुने उनले बताए । विशेषगरी निलो, सिल्भर, कालो रङहरू आँखामा परेमा सुन्निने, एलर्जी मात्र नभइ दृष्टि नै गुम्नसक्ने सम्भावना हुनेको उनको भनाइ छ । कपालमा रङको असरले कपालको प्राकृतिक रङ जाने, पछिसम्मै कपाल झर्ने, टाउकोको छालामा एलर्जी निम्त्याउन सक्ने उनले बताए । 

सकेसम्म रङ थोरैबेर राखौँ 
रङ लगाएरै होली खोल्ने हो भने प्राकृतिक रङ तथा अबिर, केसरीहरू प्रयोग गर्न सकिन्छ । सामान्यतः कडा रसायन प्रयोग भएको रङ नभए आधादेखि एक घण्टासम्म राख्दा रङले छालामा त्यति असर नगर्ने उनको भनाइ छ । लामो समयसम्म छाला चिलाउने, छालाको पत्रहरू निस्कने, किटाणुको संक्रमण हुनेजस्ता धेरै असर देखिनसक्ने भन्दै उनले सचेत गराए । 
  
बालबालिका र वृद्धवृद्धाको छालामा रङ नलगाऔँ 
बालबालिका र वृद्धवृद्धाको छालामा मोइस्चर कम हुने भएकाले यी व्यक्तिमा रङको घातक असर हुनसक्छ । त्यस्तै गर्भवती अवस्थामा प्रयोग गरिएको रसायनयुक्त रङले पेटभित्रको शिशुलाई समेत असर पुर्याउने डा. सविना भट्टराई बताउँछिन् ।

छालामा लगाइएको रङ कसरी सफा गर्ने ?
डा. भट्टराईका अनुसार पहिले नै छालासम्बन्धी समस्या भएकाहरूले रङको प्रयोग गर्दै नगर्नु उपयुक्त हुन्छ ।  सामान्य छाला भएकाहरूले पनि रङ लगाएमा बढीमा १५ देखि २० मिनेटभन्दा धेरैबेर राख्नु हुँदैन । अनुहारमा भएको असर त्यही दिन मात्रै नभइ एक साताभित्रसम्म पनि देखिनसक्छ । 

“यदि, अनुहार वा अन्य छालामा रङ कडा भएर बसेको छ भने त्यसलाई बेस्सरी माडेर धुनु हुँदैन । कडा साबुन, फेस वास या अन्य वस्तुले रगडेर धुँँदा छालाका बाहिरी पत्र जानसक्ने सम्भावना हुन्छ,” उनले भने, “त्यसैले अनुहारको रङ सफा गर्न बच्चाको सबुन, स्याम्पु, कोमल खालको फेसवास प्रयोग गर्नुपछ । बरु एकपटकमा नगए पटक–पटक धुनु राम्रो हुन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro