अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघमा अनुसार सुन प्रतितोला एक हजार ३०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला ५५ रुपैयाँ घटेर कारोबार भएको छ ।
छापावाल सुन प्रतितोला एक लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी प्रतितोला एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ५५५ रुपैयााँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८० ११:११
प्रतिक्रिया दिनुहोस्