site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कश्मीर आक्रमणको जवाफ दिन भारतीय सेनालाई मोदीले दिए ‘अप्रेसनल फ्रिडम’ 

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता कश्मीरमा भएको घातक आक्रमणको जवाफ दिन भारतीय सेनालाई ‘अप्रेसनल फ्रिडम’ दिएको एक वरिष्ठ सरकारी स्रोतले मंगलबार जानकारी दिएको छ ।

स्रोतका अनुसार बन्द कोठामा भएको बैठकमा मोदीले सेना र सुरक्षा प्रमुखहरूलाई आतंकवादलाई ठूलो धक्का दिने भारतको राष्ट्रिय संकल्प भएको बताएका थिए । 

मोदीले भने, “कश्मीरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको हाम्रो प्रतिक्रियाको अवस्था, लक्ष्य र समयबारे निर्णय गर्न सशस्त्र बललाई पूर्ण परिचालन स्वतन्त्रता छ ।” 

एएफपीलाई सूचना दिने सरकारी स्रोतले आफूलाई मिडियासँग कुरा गर्ने अधिकार नभएको भन्दै नाम गोप्य राख्न भनिएको छ, तर मोदीको टिप्पणीको रिपोर्ट भारतका केही प्रमुख अखबारहरूमा छापिएका समाचारसँग मिल्दोजुल्दो थियो।
 
गत अप्रिल २२ मा भारत प्रशासित कश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको आक्रमणमा पाकिस्तानले वर्षौंयताकै सबैभन्दा घातक आक्रमणलाई समर्थन गरेको आरोप भारतले लगाएपछि आणविक शक्ति सम्पन्न दुई देशबीचको सम्बन्ध चिसिएको छ ।
 
इस्लामाबादले उक्त आरोप अस्वीकार गर्दै आएको छ । त्यसपछि कश्मीरमा गोली हानाहान, कूटनीतिक नाकाबन्दी, नागरिकलाई देश निकाला र सीमा बन्द गर्न आदेश दिनेजस्ता कार्य दुवै मुलुकले गरेका छन् । 

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भारतीय सशस्त्र बलको व्यावसायिक क्षमतामा पूर्ण विश्वास व्यक्त गर्दै उनीहरूलाई आफ्नो सरकारको पूर्ण समर्थन रहेको बताएका थिए । 

सरकारी स्रोतहरूले भारतीय सेनाप्रमुख र रक्षामन्त्री राजनाथ सिंहसँग मोदीको भेटको भिडियो तस्बिर सार्वजनिक गरेका छन् ।
 
गत हप्ता मोदीले कश्मीरको पहलगाममा आक्रमण गर्ने र त्यसलाई समर्थन गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । 

संयुक्त राष्ट्रसंघले आतंकवादी घोषित गरेको संगठन लस्कर–ए–तैयबा समूहका दुई पाकिस्तानी र एक भारतीय गरी तीनजनाको पोस्टर जारी गर्दै उनीहरूलाई ‘अधिक खोजीको सूची’मा राखिएको भारतीय प्रहरीले उल्लेख गरेको छ ।रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro