site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अहिले देखिएको मौसमी रुघाखोकी कि कोरोना ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । समुदायस्तरमा अहिले रुघाखोकी, ज्वरो, घाँटी दुख्नेजस्ता स्वास्थ्य समस्या देखिरहेको छ । कतिपयमा यी लक्षण एक सातासम्म पनि निको नभएको पाइन्छ ।

यी लक्षणलाई मौसम परिवर्तनको प्रभावको रूपमा पनि बुझेको पाइन्छ । तर, विज्ञहरूले यसलाई फ्लू (इन्फ्लुएन्जा) र कोरोनाको असर भनेका छन् ।

वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन यस मौसममा फ्लू र कोरोनाले धेरैलाई सताइरहेको बताउँछन् । यी दुई संक्रमण सँगसँगै रहेकाले घाँटी दुख्ने, लामो समय रुघाखोकी निको नहुने, ज्वरो, स्वाद गन्ध हराउने, शरीर दुख्नेजस्ता लक्षण भएका बिरामी समुदायस्तरमा देखिएको उनी बताउँछन् ।

KFC Island Ad
NIC Asia

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाअन्तर्गत नेसनल इन्फ्लुएन्जा सेन्टरका युनिट इन्चार्ज लोकबन्धु चौधरी मार्चयता इन्फ्लुएन्जा बढेको र फाट्टफुट्ट कोरोनाका केस पनि देखिएको बताउँछन् । 

तथ्यांकले के भन्छ ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले सातै प्रदेशमा रहेका जनस्वास्थ्य प्रयोगशला तथा देशभरका १५ वटा हब अस्पतालहरूबाट इन्फ्लुएन्जाको विवरण संकलन गर्ने गर्छ । एनपीएचएलले १ देखि १० मार्चसम्म परीक्षण गरेका दुईहजार ९० नमुनामध्ये इन्फ्लुएन्जा पोजिटिभ देखिने दर १६.१ प्रतिशत छ । यस्तै, कोरोना पोजिटिभ दर ४.१ प्रतिशत छ ।

मार्चयता इन्फ्लुएन्जा 'ए' अन्तर्गतको 'एच वान एन वान पीडीएम ०९' बढी सक्रिय भएको सर्भिलेन्स रिपोर्टमा उल्लेख छ ।

सामान्यतया नेपालमा जुलाई र मार्चमा इन्फ्लुएन्जा एच वान एन वान पीडीएम ०९, इन्फ्लुएन्जा ए एच ३ तथा इन्फ्लुएन्जा 'बी'का कारण धेरैमा संक्रमण हुने गरेको उनको अनुभव छ ।

कुनै वर्ष केस धेरै देखिने गरेको र सन् २०२४ मा पनि 'एच वानएन वान पीडीएम ०९' बढी फैलिएको चौधरी बताउँछन् ।

इन्फ्लुएन्जाको संक्रमण भएमा ज्वरो आउने, रुघाखोकी लाग्ने, सिँगान आउने, घाँटी दुख्नेजस्ता लक्षण देखिन्छन् ।

कतिपय बालबालिका, वृद्धवृद्धा तथा रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिलाई भने यसले सिकिस्त बताउने पनि डा. पुन बताउँछन् ।

डब्लूएचओका अनुसार इन्फ्लुएन्जा 'ए'का लक्षण एक देखि दुई सातासम्म पनि देखिन सक्छन् ।

कोरोना पनि सँगसँगै

फेब्रुअरी र मार्चमा इन्फ्लुएन्जा बढेर जाने डा. पुनको पनि अनुभव छ । तर, इन्फ्लुएन्जा सँगसँगै कोरोना संक्रमण पनि फैलिएको डा. पुन बताउँछन् ।

तर, सामान्य लक्षण देखिए बिरामी अस्पतालसम्म आइनपुग्ने उनी बताउँछन् । यस्तै, ओमिक्रोनकै उपप्रजातिहरूले संक्रमण गराइरहेको र ती कमजोर रहेकाले पनि जटिलता नदेखिएको उनको अनुभव छ ।

कतिपय वृद्धवृद्धा, दीर्घरोगीमा स्वाद र गन्ध हराउने, शरीर दुःख्ने समस्या लिएर पनि अस्पताल आइपुग्ने गरेको डा. पुन बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro