site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
केजरिवाल बने पक्राउ पर्ने पहिलो मुख्यमन्त्री, जेलबाटै सरकार चलाउने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टी (आप) नेता अरविन्द केजरिवाल बिहीबार पक्राउ परेका छन् ।

उनलाई अन्तःशुल्क नीति सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा इन्फोर्समेन्ट डायरेक्टोरेट (प्रवर्तन निर्देशनालय) (ईडी) ले पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ ।

केजरिवाल पदमै रहँदा पक्राउ पर्ने पहिलो मुख्यमन्त्री बनेका छन् । पक्राउ पर्नुअघि दिल्ली उच्च अदालतले उनको सुरक्षा माग गर्ने निवेदनलाई अस्वीकार गरेको थियो ।

Global Ime bank

दिल्लीकी मन्त्री एवं आप पार्टीकी नेतृ अतिशी मार्लेनाले अरविन्द केजरिवाल मुख्यमन्त्रीको रूपमा रहने र जेलबाटै दिल्ली सरकार चलाउने बताएकी छन् ।

"उहाँ दिल्लीको मुख्यमन्त्रीको रूपमा जारी रहनुहुनेछ । यदि आवश्यक पर्‍यो भने उहाँले जेलबाट नै सरकार चलाउनुहुनेछ । उहाँलाई जेलबाट सरकार चलाउनबाट रोक्ने त्यस्तो कुनै नियम छैन," अतिशीले राष्ट्रिय राजधानी दिल्लीमा पत्रकारहरूसँग बोल्दै भनेकी छन् ।

लाइभमिन्टबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC