site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जब पाइलटले यात्रुकै अगाडि परिचारिकालाई प्रस्ताव राखे...
Sarbottam CementSarbottam Cement

पोल्याण्ड । पोल्याण्डका एक विमानचालकले विमान परिचारिका गर्लफ्रेन्डलाई वार्साबाट क्राकोव जाँदा जहाजभित्रै प्रस्ताव गरे । 

उनले पनि ‘हुन्छ’ भनिन् । यो खुसी देखिने जोडीको रोजगारदाता कम्पनी  एअओटी पोलिस एयरलाइन्सले फेसबुकमा एउटा भिडियो राखेको छ ।  जसमा क्याप्टेन कोनराड ह्यांकले हातमा फूलको गुच्छा गर्लफ्रेन्डलाई दिन लागेको देखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“आजको फ्लाइटमा धेरै विशेष व्यक्ति छन् र मलाई लाग्छ उनले केही पनि अपेक्षा गर्दैनन्,” उनले भने ।  ‘लेडिज एण्ड जेन्टलम्यान यो ‘जब’ मा करिब डेढ वर्षमा मैले ज्यादै विशेष मान्छे भेटें, जसले मेरो जीवन पूर्ण रुपले बदल्यो’ उनी भन्दै गए ।

“तिमी मेरो लागि एकदमै मूल्यवान छौ । तिमी मेरो सबैभन्दा ठूलो सपना सत्यमा साबित भएको हौ । त्यसैले मैले तिम्रो साथ खोजेको हुँ । के तिमी म सँग बिहे गर्छ्यौ ?,” उनले भने ।

Global Ime bank

त्यसपछि मिसेस ह्यांकको रुपमा पाउला कुदेर आफ्ना भविश्यका पतिलाई अंकमाल गर्न पुगिन । ‘मलाई थाहा छैन, यसका लागि यो दाहिने हात हो’ हर्षित अवस्थामा भएका यात्रुको अगाडि ह्यांकले उनको औंलामा औंठी छिराउँदै गर्दा पाउलाले भनिन् । 

यही अप्रिल २१ को यो घटनाबारे राखिएको फेसबुकको भिडियोमा एक हजार भन्दा बढी कमेन्ट छन् ।  त्यहाँ सबैले यो जोडीलाई बधाई दिएका छन् । यो जोडीले आफूहरुको सम्बन्ध इलोना जाहन र इयान डंकनको जस्तै ५० वर्षसम्म रोमान्समा बित्ने अपेक्षा गरेको छ । 

ती जोडीले पनि यसअघि जहाजमा विवाह गरेका थिए ।  पान अमेरिकन वर्ल्ड एयरवेजमा जाहन फ्लाइट एटेण्डेन्ट थिइन् भने डंकन विमान चालक थिए ।  उनीहरूले इटालीको रोमबाट इरानको तेहरान जाने क्रममा सन १९७० मा विवाह गरेका थिए । 

डंकनको ८६ वर्षको उमेरमा सन् २०२१मा निधन हुनु अघिसम्म त्यो जोडीको सधै राम्रो सम्बन्ध रहेको बताइएको छ  । सीएनएनबाट 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय